चुनावमा अटेरीलाई ‘लौरो’
कास्की | बैशाख १७, २०७९
पोखराः अटेरी अभियानमार्फत स्थानीय तह निर्वाचनमा होमिएकाले उम्मेदवारले चुनाव चिन्ह ‘लौरो’ पाएका छन् ।
निर्वाचन आयोगले आज चुनाव चिन्ह निक्यौल गर्ने क्रममा अटेरीले लौरो पाएको हो । लौरो चिन्ह लगभग देशैभरमा अटेरीलाई दिएको चिन्ह भएको अभियानका परिकल्पनाकार एवं पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिए ।
‘कहिकतै दाबी भएको खण्डमा उक्त क्षेत्रमा फरक पर्न सक्ला अन्यथा देशैभर यहि चिन्ह रहनेछ’ पौडेलले भने ‘पोखरा, काठमाण्डौलगायतका क्षेत्रमा यही कन्फर्म भयो ।’ चुनाव चिन्हबाट सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा पौडेल भन्छन्
‘आयोगको निर्णय नमान्ने कुरै छैन, अझ लौरो त त्यसै पनि सांकेतिक चिन्ह हो ।’ पौडेलका अनुसार चुनाव चिन्ह लौरो खबरदारी र अटेरको पर्याय हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

